अमेरिकाले माउईका आगलागी पीडितलाई सवा पाँच खर्ब दिने « Khabarhub

अमेरिकाले माउईका आगलागी पीडितलाई सवा पाँच खर्ब दिने


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको हवाई राज्यस्थित माउईका आगलागी पीडितले ४ अर्ब डलर (करिब पाँच खर्ब २८ अर्ब रुपैयाँ) बराबरको सहायता पाउने भएका छन्‌ ।

गत वर्ष अगस्टमा सो स्थानमा जङ्गलबाट फैलिएको आगोबाट दुई हजारभन्दा बढी नागरिक प्रभावित भएका थिए ।

हवाईका गभर्नर जोश ग्रीनको कार्यालयले करिब ४५० कानूनी मामिला सुल्झाउन यो सहायता प्याकेज प्रस्ताव गरेको हो ।

आगलागीमा १०० भन्दा धेरै नागरिकले ज्यान गुमाएका थिए भने अमेरिकाको पुरानो मध्येको एक लाहिना शहर पनि खरानी भएको थियो ।

सहायता दाबी गरेका सबैले सन्‌ २०२५ को मध्यसम्म रकम भुक्तानी पाउने गभर्नर जोशले बताएका छन्‌ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ०८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी