आजका समाचार : काभा भलिबलमा नेपालले भारतलाई हरायो, मिस नेपाल- २०२४ बनिन् आस्मा | Khabarhub Khabarhub

आजका समाचार : काभा भलिबलमा नेपालले भारतलाई हरायो, मिस नेपाल- २०२४ बनिन् आस्मा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए ।


आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भने, ‘घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कृषि उद्योग पनि हो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी संकलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।’

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री

यो सरकार बिचौलियाले बनाएको हो भन्ने घटनाक्रमले पुष्टि गरेको छ : वर्षमान

आर्थिक परिवर्तनका लागि कांग्रेस–एमाले सरकार : उपप्रधानमन्त्री सिंह

सत्तापक्षको कब्जामा लेखा समिति, माओवादी र रास्वपा मौन

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत
नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत८ निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।

भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।


नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।

नेपाली महिला टोली काभाबीच भलिबल च्याम्पियन

काभा बिच भलिबल : महिला र पुरुष दुवैमा नेपाल फाइनलमा

पेरिस ओलम्पिक स् चीन शीर्षस्थानमा

ग्लोबल टी-२० : पाँच खेलमा एक अंक जोडेको टिमका लागि सन्दीप र दीपेन्द्रको प्रदर्शन कस्तो ?

मिस नेपाल- २०२४ बनिन् आस्मा कुमारी केसी

मधेसको औद्योगिक विकासमा सघाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकारले सकारात्मक सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका प्रतिनिधिमण्डलसँग आज यहाँ भएको भेटमा मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका औद्योगिक, वाणिज्य क्षेत्रको विकास गर्दै व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा गर्न सङ्घ सरकारसँग छलफल गरिने उल्लेख गरे ।

औद्योगिक कोरिडोर घोषणा गर्न प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्री सिंहले आवश्यकताका आधारमा सङ्घ सरकार समन्वय गर्ने बताए ।

‘कानुनसम्मत भएको खण्डमा बारा–पर्सा औद्योगिक करिडोरको घोषणा प्रदेश सरकारले गर्नेछ । यो विषयमा सरोकार भएकासँग आवश्यक छलफल गरी निर्णय गर्नेछौँ’, उनले भने ।

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा
मध्यपूर्वमा तनाव बढेपछि अमेरिकाले त्यसतर्फ थप लडाकु विमान र युद्धपोत पठाउने भएको छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको हो ।

इरान, यमन र लेबनान लगायत छिमेकी मुलुक तथा त्यहाँ सक्रिय लडाकु समूहहरूसँग हाल इजरायलको तनाव थप बढेको छ ।


गाजापट्टीमा प्यालेस्टाइनी समूह हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसाथ गरेको आक्रमणको प्रभाव अरब मुलुकसम्म विस्तार भएपछि यतिखेर इजरायलको चौतर्फी मोर्चामा लड्नुपर्ने अवस्थामा पुगेको छ ।

स्थिति थप खराब बनेपछि अमेरिकी रक्षा विभाग पेन्टागनले इरान र उसका सहयोगीहरूको हमलाबाट इजरायललाई रक्षा गर्न मध्यपूर्वमा थप लडाकु जहाज र विमान तैनाथ गरिने जनाएको हो ।

अमेरिकाले माउईका आगलागी पीडितलाई सवा पाँच खर्ब दिने

सोमालियाको राजधानीमा आत्मघाती हमला हुँदा ३२ जनाको मृत्यु

इजरायलको ड्रोन हमलामा हमासका थप एक नेताको मृत्यु

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका

पाकिस्तानमा कर वृद्धिले औषधि क्षेत्र प्रभावित

चीनमा पुल भत्किँदा पाँचजना बेपत्ता

स्वीडेनद्वारा लेबनानस्थित आफ्नो दूतावास बन्द

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ५९ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन