अफ्रिकामा मङ्किपक्सको सङ्क्रमण १६० प्रतिशतले बढ्यो « Khabarhub

अफ्रिकामा मङ्किपक्सको सङ्क्रमण १६० प्रतिशतले बढ्यो


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बाङ्गुई – यस वर्षसम्म मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।

मङ्किपक्स भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो । यो रोग लागेमा ज्वरो आउने, लसिका ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।

यो भाइरसको सङ्क्रमण कङ्गोसहित १० अफ्रिकी देशहरूमा फेला परेको अफ्रिकी रोगथाम तथा नियन्त्रण केन्द्रले बुधबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

कङ्गोमा लगभग ७० प्रतिशत सङ्क्रमणहरू १५ वर्ष भन्दा कम उमेरका बालबालिकामा छन् । कङ्गोमा मङ्कीपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यस वर्ष अहिलेसम्म १४ हजार २५० सङ्क्रमित भेटिएको अनुमान गरिएको छ । बुरुन्डी र रुवान्डा दुबै देशमा यस हप्ता पहिलो पटक भाइरस फेला परेको पुष्टि गरिएको छ । यस हप्ता केन्या र मध्य अफ्रिकी गणतन्त्रमा पनि नयाँ प्रकोपहरूको घोषणा गरिएको थियो ।

मध्य अफ्रिकी गणतन्त्रका जनस्वास्थ्य मन्त्री पियरे सोम्सेले सोमबार भन्नुभयो, “हामी मन्कीपक्सका घटनाहरूका बारेमा धेरै चिन्तित छौँ, यसले राजधानी क्षेत्रलाई प्रभावित गरिरहेको छ ।”

पूर्वी कङ्गोमा अक्टोबरदेखि जनवरीसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूको मूल्याङ्कनबाट भाइरसमा भर्खरै भएको आनुवांशिक उत्परिवर्तनहरू मानिसहरूमा निरन्तर फैलिएको कारण भएको निश्कर्ष निकालिएको छ ।

डक्टर्स विदाउट बोर्डर्स’ले विस्तार भइरहेको एमपक्स प्रकोपलाई चिन्ताजनक भनेको छ । यो रोग रूवान्डासँगको सिमाना साझा गर्ने कङ्गोको उत्तरी किभु क्षेत्रमा विस्थापित व्यक्तिहरूको शिविरमा पनि देखिएको थियो ।

कङ्गोका लागि समूहका मेडिकल डाइरेक्टर डा लुइस मासिङले यो रोग मानव जीवनका लागि वास्तविक जोखिम रहेको बताउनुभएको छ र देशमा सकेसम्म छिट्टै खोपहरूको व्यवस्थाका लागि विश्व समुदायसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : ३३ बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको