निधारमा चन्दन वा तिलक किन लगाइन्छ ?  « Khabarhub

निधारमा चन्दन वा तिलक किन लगाइन्छ ? 


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्दिरमा चन्दनको टिका लगाएको त अवश्य पनि देख्नु भएको होला । तर यो किन लगाइएको हो त । धेरैलाई यसको बारेमा जानकारी नहुन सक्छ ।

निधारमा तिलक वा चन्दन लगाउनु हिन्दु धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जप पूजा गरिसके पछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ ।

तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ । टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ ।  हाम्रो शरीरमा सात वटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र जुन निधारको ठीक बीचमा हुन्छ ।

यो आज्ञा चक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ । आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउने बित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।

महिलाहरूले सिउँदोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फूर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ । दसैँमा अक्षता लगाइन्छ । यसरी तिलकमा चामल मिसाएर लगाउँदा देवी प्रसन्न हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

दिनअनुसार तिलक लगाउनाले शुभ फल प्राप्त हुने मान्यता छ । जसमा  आइतबार रातो चन्दन लगाउनाले मान-सम्मान र धन प्राप्त हुन्छ ।  सोमबार सेतो चंदनको तिलक लगाउनाले मन शान्त रहने विश्वास गरिन्छ । मंगलबार चमेलीको तेलमा सिन्दूर मिसाएर लगाउनु शुभ हुन्छ । बुधवार सुकेको सिन्दूर लगाउनाले भगवानको आशीर्वाद मिल्ने विश्वास छ । बिहीबार पहेँलो चन्दन वा बेसारको तिलक लगाउनाले घरमा सुख-समृद्धि आउनेछ ।

शुक्रबार रातो चन्दन वा कुमकुम तिलक लगाउनाले घरमा सुख प्राप्त हुन्छ । शनिबार खरानीको तिलक लगाउनाले जीवनमा आउने समस्या हट्छ । शास्त्रका अनुसार चन्दनको तिलक लगाउनेको घर अन्न, धनले भरिपूर्ण रहन्छ र सौभाग्य बढ्छ ।

कुन औँलाले तिलक लगाउनाले के हुन्छ ?

स्कन्दपुराणमा भनिएको छ कि फरक-फरक औँलाले तिलक लगाउँदा फरक फरक हुन्छ।

तिलक लगाउन दाहिने हातको औंठीको प्रयोग गर्नुपर्छ । यस औंलाले तिलक लगाउँदा फलदायी मानिन्छ। औँलाले तिलक लगाउनु पनि पूजामा धेरै फलदायी हुन्छ । पूजापछि भगवानको आशीर्वाद खोज्ने हो भने भौंको बीचमा उत्तरतर्फ फर्केर सधैं पवित्र तिलक लगाउनुपर्छ ।

तिलक लगाउँदा बीचको औंलाको प्रयोग गर्नु हुँदैन। तर यदि तपाई आफैंमा तिलक लगाउँदै हुनुहुन्छ भने तपाईले बीचको औंलाको प्रयोग गर्न सक्नुहुन्छ। पूजाको समयमा आफ्नो औंलाले भगवानलाई तिलक लगाउनुहोस्। एजेन्सीहरूको सहयाेगमा 

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : १० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी