राजदूत सिफारिस समावेशी नभएपछि संसदीय समितिको प्रश्न, परराष्ट्रमन्त्रीले भनिन्, ‘आईएम सरी’ « Khabarhub

राजदूत सिफारिस समावेशी नभएपछि संसदीय समितिको प्रश्न, परराष्ट्रमन्त्रीले भनिन्, ‘आईएम सरी’


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक-समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

सभापति राजकिशोर यादवको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणाको गत भदौ २ गतेदेखि भएको भारत भ्रमणबारे छलफल भएको थियो ।

यस्तै, राजदूत नियुक्तिमा समावेशी-समानुपातिक सिद्धान्तलाई लत्याइएको भन्दै सांसदहरूले सरकारमाथि प्रश्न उठाएका थिए ।

‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ लाई मध्यनजर गरी आगामी दिनमा विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गर्दा समानुपातिक-समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकार्षण गराउने निर्णय भएको छ’, समितिले आफ्नो निर्णयमा भनेको छ ।

यस विषयमा बैठकमा परराष्ट्रमन्त्री राणाले समावेशी र समानुपातिक नभएको स्वीकारेकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले राजदूत सिफारिस गर्दा अबका दिनमा ख्याल गर्ने बताउँदै माफी मागिन् ।

सांसदहरूले राजदूत नियुक्ति समावेशी नभएकोमा प्रश्न उठाएपछि राणाले जवाफ दिएकी हुन् । ‘अर्को पटक नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौँ। यसपटक समावेशी भएन, आई एम सरी’, उनले भनिन् ।

सरकारले १६ साउनको मन्त्रिपरिषद् बैठकबाट १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ चलिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ४७ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज