मुस्लिम आयोगका अध्यक्ष मियाँलाई भारतमा मानार्थ पीएचडी « Khabarhub

मुस्लिम आयोगका अध्यक्ष मियाँलाई भारतमा मानार्थ पीएचडी


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई भारतलाई मानार्थ पीएचडीको उपाधि प्रदान गरिएको छ ।

भारतको इन्सटिच्युट अफ अन्टरप्रेनरसिप एन्ड म्यानेजमेन्ट स्टडिजले आयोगका अध्यक्ष अन्सारीलाई सामाजिक सक्रियता र राष्ट्र निर्माणमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै मानार्थ पीएचडीको उपाधि प्रदान गरेको हो ।

अमेरिकाको काउन्सिल अफ ट्रेनिङ एन्ड डेभलभमेन्टबाट मान्यता प्राप्त उक्त इन्सिटिच्युटले भारतमा व्यवस्थापन र व्यक्तित्व विकाससम्बन्धी विभिन्न विषयका अध्ययन तथा अध्ययपन गर्दै आएको छ । यो एउटा अटोनमस भर्च्युल मोड युनिभर्सिटीका रूपमा पनि चिनिन्छ ।

उक्त शैक्षिक संस्थाले आयोगका अध्यक्ष अन्सारीलाई सामुदाय विकासका लागि महत्वपूर्ण कार्य गरेको भन्दै कदर स्वरूप उक्त उपाधि प्रदान गरिएको अन्सारीको सचिवालयले जनाएको छ ।

मुस्लिम समुदायको उन्नयनमा शैक्षिक तथा खेलकुदलगायत विद्यार्थीहरूका लागि उनले विभिन्न किसिमका कार्यहरू गर्दै आएका छन् ।

नेपालमा रहेका मुस्लिम समुदायलाई शिक्षा,राज्यको पहुँचमा ल्याउन,सरकारी स्तरमा मुस्लिम समुदायको प्रतिनिधित्वलगायत सामाजिक विषयका क्षेत्रमा आयोगमार्फत उनले काम गर्दै आएका छन् ।

अन्सारीले कोरोनाकालमा पनि नेपालका पीडित मुस्लिम समुदायका लागि महत्वपूर्ण कार्य गर्दै मस्जिद तथा मदरसा व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका थिए ।

मियाँलाई उक्त उपाधि प्रदान गर्दखा भारतका सर्वोच्च अदालतका न्यायाधीश, भारतको महाराष्ट्र राज्यका डेपुटी कमिस्‍नर लगायत अमेरिकी प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ५४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले