माओवादीका तीन आयोगको संयुक्त परामर्श बैठक शुरु « Khabarhub

माओवादीका तीन आयोगको संयुक्त परामर्श बैठक शुरु


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाँडामा सुरु भएको छ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि विभिन्न तहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो। बैठकमा केन्द्रीय पदाधिकारीसहित तीन वटै आयोगका प्रमुख र सदस्यहरूको सहभागिता रहेको छ ।

अहिलेसम्म माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श बैठक सम्पन्न गरिसकेको छ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको राय सुझाव लिने गर्नुभएको छन् । बैठकमा उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्ने गर्नुभएको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर सङ्गठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ५९ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै