राजनीति

एमाले पोलिटब्युरो बैठक सुरु, बुधबारसम्म चल्ने

By खबरहब

September 03, 2024

काठमाडौं–नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

कार्यालयमा मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको पोलिटब्युरो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफल हुने छ ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार बैठकको एजेन्डा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिने तयारी छ ।

बैठक मंगलबार र भोलि बुधबार दिनसम्म बस्ने छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।