तीजको शुभकामना दिँदै हरिप्रभा भन्छिन्- नारीहरु आत्मनिर्भर र स्वावलम्बी बन्नु « Khabarhub

तीजको शुभकामना दिँदै हरिप्रभा भन्छिन्- नारीहरु आत्मनिर्भर र स्वावलम्बी बन्नु


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले तीजको शुभकामना स्वरूप नारीहरूलाई आत्मनिर्भर तथा स्वावलम्बी बन्न सुझाएकी छन् । बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको तीज कार्यक्रममा बोल्दै उनले नारीहरूलाई आफै सक्षम बन्नुपर्ने कुरामा जोड दिन आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, ‘राणा शासन फाल्न, निरंकुशता फाल्न, प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरूले अबको लडाई आर्थिक क्रान्तिका लागि लड्न आवश्यक छ ।’ साथै उनले नारीलाई घरकै गृहमन्त्री, घरकी लक्ष्मी भनेर घरभित्रै सीमित गरिएकोमा घर हाँक्ने मात्र नभई देशै हाँक्न नारी सक्षम भएको बताइन् ।

एक प्रसंगकाबीच उनले गाउँपालिकालाई महिलाका विभिन्न आयामहरूमा लगानी गर्न आग्रह गरेकी छन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् संविधानसभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तीकरणको पाटोमा जिम्मेवार हुन सके मात्र समुन्नत समाज निर्माण हुने बताए । त्यसको साथै, गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पनि नारी शक्तिले नेतृत्व गर्ने समय आएको बताउँदै अबको नेतृत्वका लागि तयार रहन आग्रह गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष तारा राणाले कुराले मात्र महिला अघि बढ्न नसक्ने भएकोले महिलाका क्षेत्रमा उल्लेख्य लगानी गर्न आवश्यक रहेको बताएकी छन् ।

कार्यक्रममा नवराज ढुंगाना, स्मृति गौतम, वाइपी घिमिरे, गोपाल तिमिल्सिना, टंककृष्ण तिमिल्सना, सन्तबहादुर थापामगर, सोना थापामगरलगायतका कलाकारहरूले लोक दोहोरी गीत संगितले मनोरञ्जन गराएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ५३ बजे

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट