कैलालीमा जापानी इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ जना संक्रमित  | Khabarhub Khabarhub

कैलालीमा जापानी इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ जना संक्रमित 


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ ।

यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन् ।

उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताइन् ।

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाइटिस रोग सर्छ। यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ । तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ०५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग

बहराइनले निष्कासित गरेका बलोच युवा कराँचीबाट बेपत्ता

काठमाडौं – बहराइनले निष्कासित गरेका एक जना बलोच युवा पाकिस्तानबाट

अनुदान कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौं – गहुँको पिठोको अभाव र अनुदान कटौतीको विरोधमा पाकिस्तानको