समीक्षालाई जवाफमा पूजाको गुनासो- मेरो चलचित्र आउनुअघि शत्रु लागे « Khabarhub

समीक्षालाई जवाफमा पूजाको गुनासो- मेरो चलचित्र आउनुअघि शत्रु लागे


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीले गरेको टिप्पणीको जवाफमा आफ्ना भनाइ सार्वजनिक गरेकी छन् ।

समीक्षाले आफूसँग सम्बन्धित पुरानो घटनालाई न्यायाधीश बनेर कोट्याएको भन्दै पूजामाथि निशाना साँधेकी थिइन् । यही विषयमा जवाफ दिँदे पूजाले आफू बोल्न बाध्य भएको बताएकी हुन् ।

समीक्षाको नाम नलिएकी उनले आफ्नो चलचित्र आउनुअगाडि ‘शत्रु’ लागेको गुनासो गरेकी छन् ।

‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,’ उनले फेसबुकमा लेख्दै भनेकी छन् ।

पूजाले यसबारे बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुअगाडि आफूलाई लक्षित गरेकाले मुख खोल्नुपरेको जिकिर गरेकी छन् ।

‘मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्री नितान्त प्रोफेशनल हुन् । यसबाहेक मेरो र ती बहिनीको व्यक्तिगत जीवन होला । त्यसमा न म अहिले बोलेँ र कहिले बोल्नेछु,’ उनी भन्छिन्, ‘चलचित्र आउनुअगाडि शत्रु त लाग्छन् नै ।’

समीक्षाले पाँच दिनअघि पूजा शर्माले एक पोडकास्टमा बोलेको भिडियओको केही अशं सेयर गर्दै आफू पीडित भए पनि पोडकास्ट चलाउनेहरू अदालत र कलाकार न्यायाधीश बनेको बताएकी थिइन् ।

‘अदालत नै पोडकाष्टहरू हुन भने न्यायाधीस नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि !’, उनले पूजाप्रति लक्षित गर्दै लेखेकी थिइन्, ‘सत्य के हो कि उसलाई थाहा छ कि मलाई थाहा छ । अथवा भगवानलाई थाहा छ ।’

के सही के गलत छुट्याउन नसक्ने उमेरमा पनि आफूले मायाको तराजुमा आफूलाई जोख्न तयार भएको भन्दै माफी दिएको उनले बताएकी थिइन् ।

‘त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?’, समीक्षाले भनेकी थिइन्, ‘यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?’

आफूले सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएको समीक्षाले बताएकी थिइन् । ‘हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो । मैले दिदी भनेँ र मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज !’

पूजाले के भनेकी थिइन् ?

विवादको घेराबाट माथि उठ्न कहिल्यै नसकेकी पूजा यसपटक फेरि समीक्षाबारेको टिप्पणीले विवादमा परिन् । उक्त युट्यूब च्यानलले पाँच दिनअघि गरेको पोडकास्टमा पूजाले विवादित अभिव्यक्ति दिएकी थिइन् ।

सो पोडकास्टमा अर्का कलाकार पल शाहसँगै उपस्थित उनले आफूलाई कुनै बेला टिमबाटै आउट गर्न खोजिएको बताइन् । ‘…कतिसम्म भने एक्टर्सहरूको एउटा टिम नै बनाएको रहेछ, त्यसबाट मलाई आउट नै गरेका थिए, हाँस उठ्यो । भगवान् छ, सत्यको जित हुन्छ । र, मलाई केही पनि फरक पर्दैन । कानूनले नै प्रुफ गरिसकेको चिज हो । र, कानुनले बोलिसकेकपछि सकियो होइन ! यहाँ कसैले बोलिरहनु जरुरत पनि छैन । पललाई कसैले केहीमा हानिरहन, नाम ट्याग गरिरहन जरुरत पनि छैन । तपाईंको आफ्नै छोरा छ भने पनि सम्झिनुस् क्या !’

पूजा त्यतिमै रोकिन्‍नन्, उनले उचाइ लिइसकेको, फिल्ममा राम्रो गरिरहँदा पनि पललाई झार्न, लडाउन खोजिएको बताइन् ।

‘…किनभने जहिले पनि.. सारुक (सारुक ताम्राकार) को इन्सिडेन्ट सम्झिनु न, आज सारुकको ममीले न्याय पाउन सकिएको छैन’, उनले अगाडि भनिन्, ‘स्टोरी नै फरक हो क्या ! पललाई अरूसँग नदाँजिदिनुस् क्या ! स्टोरीलाई बुझौँ . के हो ? राइट-रङ जानेर मात्रै नाम ट्याग गरौँ ।’

पूजाले पललाई सुपरस्टारको संज्ञा दिँदै अझै जोगिएर हिँड्नुपर्ने पनि बताइन् । ‘पल अझै जोगिएर हिँड्नुपर्छ। ऊ धेरै माथि पुगिसकेको मान्छे हो’, उनले भनिन्, ‘उनलाई अझै फसाउन सक्छन्, उनी जोगिएर हिँड्नुपर्छ ।’

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ५ : ५३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम