एमसीसीको अनुगमन गर्न छुट्टै कानुन जरुरी : विप्लव « Khabarhub

एमसीसीको अनुगमन गर्न छुट्टै कानुन जरुरी : विप्लव


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक  विप्लवले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् ।

पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसदबाट कानुन बनाउन पर्ने पार्टीको दृष्टिकोण भएको स्पष्ट पारेका हुन् ।

‘बुद्धिजीवीहरूसँग छलफल गरेर हामीले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालनका लागि कानुन बनाउनुपर्ने पार्टीको दृष्टिकोण अघि सारेका छौँ’ विप्लवले भने, यसलाई खुला छाड्न मिल्दैन । दुई दुई पटक ठेक्का रद्द भएर अदालतमा मुद्दा पर्दा एमसीएले एमसीसी नेपालको कानुन अन्तर्गत छैन भनेर जवाफ दिएको छ ।अदालतले पनि दोधारे खालका अर्थ लगाएको छ । यसले एमसीसी नेपालको कानुन, संविधान, संसद् र जनताको अधीनमा छैन भन्ने देखायो ।’

नेता विप्लवले एमसीसी र एमसीए दुवै प्रोजेक्ट नवऔपनिवेशिक नीतिलाई नेपालमा कानुनी मान्यतासहित यहाँका राज्यलाई प्रयोग गरेर ल्याउन चाहेको हो भन्ने कुरा प्रस्ट भएको दाबी गरे ।

उनले  नेपालको संसद्ले अमेरिकाको दबाब भार थेग्न नसकेर एमसीसी पास गरेको बताउँदै यो देशको दीर्घकालीन हितका लागि गलत भएको दाबी गरे ।

कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमसीसीमाथि नियन्त्रण गर्न संसदीय अनुगमन समिति बनाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, नेपाली सेनाका पूर्वसेनानी बासुदेव घिमिरेले एनसीसीबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ३७ बजे

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट