बालबालिकामा डिजिटल एडिक्सन र अभिभावकको भूमिका | Khabarhub Khabarhub

बालबालिकामा डिजिटल एडिक्सन र अभिभावकको भूमिका


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारले अवलम्बन गरेको विश्वब्यापीकरण र उदारीकरण नीतिले केही बर्ष पहिले बजेट भाषणमा “घर घरमा इन्टरनेट र हात हातमा मोबाइल” भन्ने नारा अघि सारेको थियो ।

समय परिवर्तनसँगै इन्टरनेटमा ब्यक्तिको पहुँच र यसको प्रयोगमा व्यापकता आएको छ । प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका हरेक तह र तप्काका मानिसहरुको जीवनशैलीमा प्रचुर मात्रामा परिवर्तन पनि आएको पाइन्छ । सबै स्थान, पेशा, वर्ग, उमेरका हरेक मानिसहरुको हातमा मोबाइलका साथै इन्टरनेटको पहुँच र सामाजिक सञ्जालको प्रयोगले ब्यस्तता र अस्तव्यस्तता दुवै बढाएको छ ।

विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को लकडाउन पश्चात् इन्टरनेटको प्रयोग हरेक तहका मानिसहरुमा पुग्ने सुनौलो अवसर प्राप्त भयो । इन्टरनेटको व्यवसायमा विस्तार र ग्याजेटको प्रयोगमा आएको ब्यापकताले बालबालिकाको मानशिक, शैक्षिक तथा शारीरिक विकाशमा प्रतिकुल असर परिरहेको छ ।

आजकल अविभावकहरुले आफ्नो अत्याधिक समय इन्टरनेट तथा सामाजिक संजालमा ब्यतीत गर्नुका साथै बालबालिकाहरुकालाई फकाउन, खाना खुवाउन, बिद्यालय पठाउन, फुर्सदको समयको उपयो गराउन, मोवाइलको प्रयोग नै गराउने बानीले बालबालिकाहरुमा डिजिटल एडिक्सनका समस्याहरु उत्पन्न हुन थालेका छन् ।

मोबाइलको अत्याधिक प्रयोगले बालबालिकाहरुको श्रृजनशीलतामा ह्रास, क्रियाशिलतामा कमी, सामाजिकीकरणमा समस्या, कुलतमा फस्न सक्ने सम्भावना, संवेग नियन्त्रणमा कमी, अटिजम जस्ता नकारात्मक असरहरु देखा पर्छन् । यसले गर्दा बालबालिकाहरुको शारीरीक, मानसिक, बौध्दिक, संवेगात्मक, शैक्षिक तथा सामाजिक विकासमा बाधा एवं यौन हिंसाको समेत शिकार हुनुका साथै डिजिटल एडिक्सन जस्तो डरलाग्दो समस्यामा फसिरहेका छन् ।

एकातिर बर्तमान डिजिटल संसारबाट बालबालिकाहरुलाई टाढा राख्ने प्रयास गर्दा उनीहरु प्रविधिमैत्री सिकाइको अवसरबाट बन्चित हुन सक्छन् भने अर्कोतिर इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोगले बालबालिकाहरुमा डिजिटल एडिक्सन बढ्न गई साइबर क्राइम, बुलिङ्ग, यौनिक क्रियाकाप तथा यौन शोषणजस्ता सामाजिक अपराधका घटनाहरु बढ्न सक्ने सम्भावना रहन्छन् ।

एआई निर्मित सांकेतिक तस्बिर

वर्तमान अवस्थामा डिजिटल एडिक्सनको डरलाग्दो समस्या समाधानका लागि आ-आफ्नो क्षेत्रबाट क्रियाशील रहनुका साथै आफ्ना बालबालिकाप्रति अभिभावक नै सजग, सचेत र क्रियाशील रहनुपर्छ । यसको समाधानका लागि अभिभावकले गर्नैपर्ने कार्यहरु निम्न छन् –

अभिभावक पहिले रोलमोडेल बन्ने

सर्वप्रथम अविभावकहरु आफैंले बालबालिकाको अगाडि सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ । बालबालिकाले पढेको र गृहकार्य गरेको समयमा यसको प्रयोगमा पूर्ण नियन्त्रण हुनुका साथै सानै उमेरमा बालबालिका फकाउन, खान खुवाउने जस्ता कार्यका लागि मोबाइल प्रयोग गर्नु हुँदैन । बालबालिकाहरुलाई इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगप्रति सकारात्मक धारणाको विकास गराउनुपर्छ । बालबालिकाहरुले प्रयोग गर्ने डिजिटल सामाग्रीहरु बालबालिकामैत्री भए नभएको हेर्ने गर्नु पर्छ।

बालबालिकाका लागि समय छुट्याउने

अभिभावकले बालबालिकाहरुलाई राखेर निस्चित समय निर्धारण गरी इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गर्ने र यसप्रति सकारात्मक धारणाको बिकास गर्ने तथा यसबाट हुन सक्ने एडिक्सन तथा आपराधिक क्रियाकलापबाट बच्न र बचाउन सकिने सामग्रीको अध्यनमा जोड दिनुका साथै पढाइ र सोसँग सम्बन्धित एप्पस् र सामग्रीको प्रयोगमा अभ्यस्त गराउनु पर्छ ।

बालबालिकालाई अतिरिक्त क्रियाकलापमा ब्यस्त बनाउने

अभिभावकले सकेसम्म घरभित्र र बाहिर खेलिने खेलमा ब्यस्त गराउने, उमेर अनुसारको घरायसी काममा सहभागी गराउने, बिदाको दिन घरबाहिर लैजाने, सम्भव भएसम्म अभिभावक कार्यक्रममा जाँदा सँगै लिएर जाने र अभिभावकले उनीहरुका अगाडि पुस्तक पढ्ने जस्ता क्रियाकलाप सञ्चालन गरी बालबालिकालाई सुधार गर्न सकिन्छ ।

बालबालिकाले प्रयोग गर्ने लिंक, एप्पस र पासवर्डको निगरानी गर्ने

बालबालिकाले प्रयोग गर्ने लिंक र उनीहरुले प्रयोग गर्ने पासवर्डलाई प्रत्यक्ष तथा अप्रत्यक्ष निगरानी राख्नु जरुरी हुन्छ । यसबाट उनीहरुले कस्तो साइड, लिंक हेर्दै छन् भन्ने कुराको जानकारी प्राप्त गर्न सकिन्छ र समयमै सम्झाई बुझाई सचेत गराउन सकिन्छ ।

किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकाकासँग साथीको व्यवहार गर्ने

किशोरावस्थामा प्रबेश गर्दै गरेका र गरिसकेका बालबालिका जानेर वा नजानेर बिभिन्न हिंसाको र दुर्व्यसनको शिकार भैरहेका हुन्छन् । कतिपय बालबालिकाहरु नचाहँदा नचाहँदै यौनजन्य क्रियाकलापको समस्यामा परेका हुन्छन् । तर, यसबाट बाहिर निस्कन खोज्दा खोज्दै पनि सकिरहेका हुँदैनन् । यस्तो समयमा उनीहरुको व्यवहारमा परिवर्तन आइरहेको हुन्छ । यस्तो व्यवहारलाई अभिभावकले उनीहरुसँग साथीको व्यवहार देखाउन सकेमा सम्पूर्ण समस्याबारे खुलेर कुरा गर्न सक्छन् । उनीहरुको यो व्यवहारले समस्या समाधान गर्न सहयोग पुग्छ ।

बालबालिकाको मस्तिस्कमा उनीहरुका अभिभावकको व्यवहार र क्रियाकलापले निक्कै ठूलो असर पर्ने गर्छ । अभिभावकले आफ्ना बालबालिकालाई सुधार गर्नु भन्दा पहिले आफ्ना कमी कमजोरी हटाउन सक्नुपर्छ । किनभने, अभिभावक ऐना र बालबालिका अनुहार हुन् ।

यसैले अभिभावकहरुले आफ्ना बालबालिकासँग बसेर महवपूर्ण समय सामाजिक सञ्जालमा बिताउँदा उनीहरुका लागि मानसिकरुपले ज्ञानवर्धक र रुचिकर बनाउन महान व्यक्तिका जीवनी र उनीहरुको संघर्षको कथा, सामाजिक मूल्यमान्यता आधारित सामग्री हेर्ने गर्नु पर्दछ । यसले बालबालिकामा सामाजिक सञ्जालको सकारात्मक प्रयोग गर्न सहयोग गर्छ ।

अभिभावकहरुले आफ्ना बालबालिकाले कस्ता वेबपेज, गेम तथा सञ्जाल प्रयोग गरेका छन् त्यसको मित्रवत व्यवहारबाट निगरानी बढाउने, सामाजिक सञ्जालमा कस्ता सामाग्री अपलोड गरेका छन् तथा कस्ता साथीहरुसँगको संगतमा छन्, नजिकबाट नियाल्नुका साथै उनीहरुसँगै घुलमिल हुने, गुणस्तरीय समय प्रदान गर्ने र सामाजिक सञ्जालको गलत प्रयोगबाट हुने जोखिमका बारेमा घरपरिवारमा बसेर खुलेर छलफल गर्ने गर्नु अभिभावकको दायित्व हो । यसबाट बालबालिकाहरुमा हुन सक्ने डिजिटल एडिक्सन तथा जोखिम कम गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ११ : ४१ बजे

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई

राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन

 जलेश्वर– यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता

काठमाडौं– नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल

काठमाडौं– लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला