युरोपेली च्याम्पियन्स लिग : रियल म्याड्रिड, एट्लेटिको र वायरन पराजित « Khabarhub

युरोपेली च्याम्पियन्स लिग : रियल म्याड्रिड, एट्लेटिको र वायरन पराजित


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको एस्टन भिल्ला र बारयन म्युनिखको खेल रोचक बनेको छ। जोन डुरानले बेन्चबाट गएर गरेको गोलमा अस्टन भिल्लाले वायरन म्युनिखमाथि १-० को सनसनीपूर्ण जित हात पारेको हो। ओली वाटकिन्सको ठाउँमा ७० औँ मिनेटमा मैदानमा प्रवेश गरेका डुरानले खेल्न सुरु गरेको नौ मिनेटमा गोल गरेका थिए। यस अघि पहिलो खेलमा एस्टनभिल्लाले यङ ब्वाइजलाई ३-० ले हराएको थियो। डुरानले यस सिजनमा बेन्चबाट गएर नै पाँचौँ गोल गरेका हुन्।

बुधवार अर्को इङ्लिस क्लब आर्सनलले घरेलु भूमिमा भएको खेलमा एटलान्टालाई २-० ले हराएको छ। लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरे। आर्ने स्लटको प्रशिक्षणमा लिभरपुले सिजनका पहिलो ९ खेलमा ८ जित हात पारेको छ। यो नै क्लब इतिहासको कीर्तिमान हो। १२ औँ मिनेटमा एलिस्टरलाई लोक्रस गर्दै पहिलो अग्रताको मौका दिलाएका सलाहले ७५ औं मिनेटमा अर्को गोल गरेका थिए।

अर्को खेलमा लीलीले रियल म्याड्रिडलाई १-० ले हरायो । सन् २०२३ को मेयता रियलको च्याम्पियन्स लिगको खेलमा यो नै पहिलो हार हो। रियलका फ्रान्सेली मिडफिल्डर एडुवार्डो कामाभिङ्गाले पहिलो हाफको इन्जुरी टाइममा ह्यान्ड गरेपछि रेफ्रिले भिएआरको सहयोगमा लिलीले पेनाल्टीको अवसर दिएको थिए। सो अवसरलाई जोनाथन डेभिडले सही उपयोग गरेका थिए।

स्पेनिस क्लबलाई अर्को पनि धक्का लागेको छ। पोर्चुगलको बेनफिकाले एट्लिको म्याड्रिडलाई ४-० को फराकिलो अन्तरले हरायो। लिस्बनको घरेलु रङ्गशालामा भएको खेलको १३ औं मिनेटमा करिम अक्टुरकोग्लुले बेनफिकालाई अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा एन्जल डी मारियाको पेनाल्टी गोलमा बेनफिकाले अग्रता बढाएको थियो। ७५ औं मिनेटमा अलेक्जेन्डर बाहले तेस्रो गोल गरे। ८४ औं मिनेटमा ओर्किन कोकुले अर्को गोल थपेका हुन्।

एटलान्टा ३-० ले विजयी
अर्को खेलमा एटलान्टाले साख्तर डोन्सटकलाई ३-० ले हरायो। पहिलो खेलमा आर्सनलसँग गोलरहित बराबरी गरेको एटलान्टाले २ खेलमा ४ अङ्क जोडेको छ। बेराट जिम्सिटीले २१ औं मिनेटमा अग्रता दिलाएको खेलमा लुकम्यानले मध्यान्तरको एक मिनेट अघि दोस्रो गोलको अग्रता दिलाएका थिए। मध्यान्तर पछिको तेस्रो मिनेटमा राउल बेनमोभाले एटलान्टाको तेस्रो गोल गरे।

बुधवार भएका अन्य खेलमा फियोनार्डले गिरोनालाई ३-२ ले हरायो भने युभेन्ट्सले पनि आरबी लेइपिजलाई सोही गोल अन्तरले हरायो। क्लब ब्रगले स्टुम ग्राजलाई १-० ले हरायो। डाइनामो जाग्रेब र मोनाकोको खेल २-२ गोलको बराबरीमा सकियो।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ५ : ४२ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स