युरोपेली च्याम्पियन्स लिग : रियल म्याड्रिड, एट्लेटिको र वायरन पराजित « Khabarhub

युरोपेली च्याम्पियन्स लिग : रियल म्याड्रिड, एट्लेटिको र वायरन पराजित


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको एस्टन भिल्ला र बारयन म्युनिखको खेल रोचक बनेको छ। जोन डुरानले बेन्चबाट गएर गरेको गोलमा अस्टन भिल्लाले वायरन म्युनिखमाथि १-० को सनसनीपूर्ण जित हात पारेको हो। ओली वाटकिन्सको ठाउँमा ७० औँ मिनेटमा मैदानमा प्रवेश गरेका डुरानले खेल्न सुरु गरेको नौ मिनेटमा गोल गरेका थिए। यस अघि पहिलो खेलमा एस्टनभिल्लाले यङ ब्वाइजलाई ३-० ले हराएको थियो। डुरानले यस सिजनमा बेन्चबाट गएर नै पाँचौँ गोल गरेका हुन्।

बुधवार अर्को इङ्लिस क्लब आर्सनलले घरेलु भूमिमा भएको खेलमा एटलान्टालाई २-० ले हराएको छ। लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरे। आर्ने स्लटको प्रशिक्षणमा लिभरपुले सिजनका पहिलो ९ खेलमा ८ जित हात पारेको छ। यो नै क्लब इतिहासको कीर्तिमान हो। १२ औँ मिनेटमा एलिस्टरलाई लोक्रस गर्दै पहिलो अग्रताको मौका दिलाएका सलाहले ७५ औं मिनेटमा अर्को गोल गरेका थिए।

अर्को खेलमा लीलीले रियल म्याड्रिडलाई १-० ले हरायो । सन् २०२३ को मेयता रियलको च्याम्पियन्स लिगको खेलमा यो नै पहिलो हार हो। रियलका फ्रान्सेली मिडफिल्डर एडुवार्डो कामाभिङ्गाले पहिलो हाफको इन्जुरी टाइममा ह्यान्ड गरेपछि रेफ्रिले भिएआरको सहयोगमा लिलीले पेनाल्टीको अवसर दिएको थिए। सो अवसरलाई जोनाथन डेभिडले सही उपयोग गरेका थिए।

स्पेनिस क्लबलाई अर्को पनि धक्का लागेको छ। पोर्चुगलको बेनफिकाले एट्लिको म्याड्रिडलाई ४-० को फराकिलो अन्तरले हरायो। लिस्बनको घरेलु रङ्गशालामा भएको खेलको १३ औं मिनेटमा करिम अक्टुरकोग्लुले बेनफिकालाई अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा एन्जल डी मारियाको पेनाल्टी गोलमा बेनफिकाले अग्रता बढाएको थियो। ७५ औं मिनेटमा अलेक्जेन्डर बाहले तेस्रो गोल गरे। ८४ औं मिनेटमा ओर्किन कोकुले अर्को गोल थपेका हुन्।

एटलान्टा ३-० ले विजयी
अर्को खेलमा एटलान्टाले साख्तर डोन्सटकलाई ३-० ले हरायो। पहिलो खेलमा आर्सनलसँग गोलरहित बराबरी गरेको एटलान्टाले २ खेलमा ४ अङ्क जोडेको छ। बेराट जिम्सिटीले २१ औं मिनेटमा अग्रता दिलाएको खेलमा लुकम्यानले मध्यान्तरको एक मिनेट अघि दोस्रो गोलको अग्रता दिलाएका थिए। मध्यान्तर पछिको तेस्रो मिनेटमा राउल बेनमोभाले एटलान्टाको तेस्रो गोल गरे।

बुधवार भएका अन्य खेलमा फियोनार्डले गिरोनालाई ३-२ ले हरायो भने युभेन्ट्सले पनि आरबी लेइपिजलाई सोही गोल अन्तरले हरायो। क्लब ब्रगले स्टुम ग्राजलाई १-० ले हरायो। डाइनामो जाग्रेब र मोनाकोको खेल २-२ गोलको बराबरीमा सकियो।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ५ : ४२ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम