समाचार

हनुमन्तेमा जलसतह बढ्यो, सचेत रहन अनुरोध 

By खबरहब

October 03, 2024

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कता तह नजिक पुगेको जनाएको छ ।

महाशाखाले हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

उक्त क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।