गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन | Khabarhub Khabarhub

गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आएको छ ।

गरिब, जेहेन्दार, द्वन्द्वपीडित, पिछडिएको वर्ग तथा वडा कार्यालयको सिफारिसमार्फत आउने अन्य विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए। उनका अनुसार विद्यालय व्यवस्थापन समितिले गरिब, द्वन्द्वपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पठनपाठन गराउने निर्णय गरेको हो । 

सोही विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई प्रमाणपत्र निकाल्न पनि कुनै शुल्क नलाग्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए। लक्षित विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने भएकाले यो निर्णय गरी कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन संकायमा कक्षा सञ्चालन भइरहेका छन् । 

कक्षा ११ र १२ सञ्चालन भएको चार वर्ष भएको बताउँदै अध्यक्ष अधिकारीले एक जना राहात र एकजना स्थायी शिक्षक मात्रै रहेका जानकारी दिए। 

‘व्यवस्थापन संकाय सञ्चालन भएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ’, उनले भने, ‘निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।’ निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरिएकाले निजी शिक्षकलाई तलब खुवाउन सकिएको अध्यक्ष अधिकारीले बताए । निजी शिक्षकलाई तलब खुवाउँदा वार्षिक पाँच लाख घाटा हुने बताउँदै उनले अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट संकलन भएको रकमबाट घाटा पूर्ति गर्ने गरिएको जानकारी दिए। 

यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको भन्दै अध्यक्ष अधिकारीले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरे । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १ : ०६ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना