पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम « Khabarhub

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

धादिङ – पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ ।

गत शुक्रबार र शनिबारको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा करिब २ किलोमिटर सडक कामै नलाग्ने गरी सुनकोशी र रोशीले बगाएको छ ।

बीपी राजमार्ग मर्मतसम्भार चलिरहेको अवस्थामा अहिले पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई परेको हो ।

तर यी दुई राजमार्ग पनि दुरुस्त छैनन् । नागढुंगाबाट ओरालो लागिसकेपछि ३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्रबाटै सडकको दुर्दशा सुरु हुन्छ।

त्यहाँ नपुग्दै काठमाडौंबाट बाहिरिने गाडीको जाम सुरु हुन्छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग प्रयोग गर्ने सवारीसाधन चालकहरूलाई सचेत गराइरहेको छ ।

त्रिभुवन राजपथदेखि नै सडकका दायाँबायाँ धेरै ठाउँमा ट्राफिक प्रहरी खटिएका छन् । तर पहिरोले अस्तव्यस्त सडकमा चाकहरूले जथाभावी गर्ने ओभरटेकले अरुलाई पनि सास्ती दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

सिलवालका अनुसार धादिङभित्र पर्ने दर्जनभन्दा धेरै स्थानमा सडक क्षतिग्रस्त छ । झ्याप्ले खोला र कृष्णभिरसहितका स्थानमा सडक भासिएकाले मर्मत पनि चलिरहेको छ ।

पछिल्लो पटक बिहीबार बिहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित कृष्णभिरमा करिब १४ फिट सडक भासिएको छ । पृथ्वी राजमार्गको सडकको करिब १४ फिट लामो भाग एक फिट गहिरो गरी भासिएको उनले बताए ।

अहिले उक्त भासिएको स्थानमा सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा रहेको पनि उनले जानकारी दिए ।

सिलवालका अनुसार अन्य स्थानमा पनि सडक दुरुस्त छैन । झ्याप्ले खोला, नागढुंगा-नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं. नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त छ ।

पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा सवारी साधनहरूको अत्यधिक चाप रहेको पनि उनले बताए ।

‘पहिरोले क्षतिग्रस्त सडकमा लामो जाम हुने गरेको छ । पूर्वजाने साना सवारी पनि यही राजमार्गबाट गइरहेकाले चाप धेरै बढेको छ’, उनले भने, ‘जाम हुने हुँदा सवारी चालकहरूले आ-आफ्नो लेन अनुशासन पालना गर्नु आवश्यक छ । लेन अनुसाशन पालना नहुँदा पनि जाम झन् बढ्ने अवस्था अहिले देखिएको छ । ’

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : ०२ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद