बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै « Khabarhub

बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । 

यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण संकलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थलगत अनुगमनमा निस्किएको हो । 

बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन थालिएको नगरप्रमुख राईले बताए। 

‘नगरपालिकाका अधिकांश वडा दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । सो क्षेत्रमा यस पटकको बाढीपहिराले ठूलो क्षति गरेको छ’, उनले भने, ‘बाढीपहिरो पीडित स्थानीयको अवस्था बुझेर राहत तथा उद्धारको योजना बनाउने छौँ । साथै क्षतिको यकिन विवरण संकलन भएपछि राहत उपलब्ध गराउन सहज हुनेछ ।’

नगरप्रमुख राई नेतृत्वको टोलीले वडा नं १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीयको घर तथा गोठमा भएको क्षतिको विवरण संकलन गरेको छ । यही असोज १२ गतेसम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगरप्रमुख राईले जानकारी दिए।  

दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको बाढीपहिरोले जिल्लाका एक सय ३५ स्थानीय विस्थापित भएका छन् । विभिन्न ठाउँमा आएको बाढीपहिरोले ३३ घर पुरिँदा एक सय ३५ जना विस्थापित भएका बताउँदै उनले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

साथै दुई जना स्थानीय घाइते हुनुका साथै ३८ घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । 

बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक स्थानीयका घरमा भएको क्षति रु ७९ लाख ९९ हजार बढीको रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरको धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको प्रजिअ कार्कीले जानकारी दिए ।

उनका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रजिअ कार्कीले बताए। 

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : २३ बजे

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र

पुस मसान्तभित्र लेखा परीक्षण गरी सक्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’

सुदूरपश्चिम– दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी