बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल « Khabarhub

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला काभ्रेमा मात्रै ७० जनाको मृत्यु भएको देखिएको छ ।

काभ्रे प्रहरीले बिहीबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार काभ्रेका विभिन्न १० पालिकाहरूमा बाढीपहिरोबाट ७० जनाको मृत्यु भएको देखिएको हो । 

जसमध्ये ३१ महिला, २५ पुरुष, ८ बालक र ६ बालिका रहेका छन् । काभ्रेमा बाढीपहिरोमा परी काभ्रेमा ७५ घाइते र ६ जना बेपत्ता भएका प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख छ । 

काभ्रे प्रहरीले बाढीपहिरोमा फसेका ८२४ जनाको हेलिकप्टरबाट र  ३ हजार २९९  जनाको अन्य माध्यमबाट उद्धार गरिएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेमा घाइते भएका मध्ये ५२ जना डिस्चार्ज भइसकेका छन् भने २३ जना उपचाररत छन् ।

प्रहरीले बाढीपहिरोमा परी सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जना जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ८ महिला, ८ पुरुष, १ बालक र १ बालिका रहेका छन् ।

तर, पनौती नगरपालिकाले आर्थिक सहयोगका लागि जारी अपिलमा २० जनाको मृत्यु भएको उल्लेख छ । अपिलमा बाढीपहिरोले गर्दा ५ सय घर पूर्ण क्षतिग्रस्त भएका र ७१३ घरमा आशिंक क्षति पुग्नुका साथै २ हजार पुशचौपाया परेका उल्लेख छ ।

बाढीपहिरोले पनौतीपछि बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकामा मानवीय क्षति पुगेको छ । प्रहरीका अनुसार बेथानचोकमा ८ पुरुष, ३ महिला र १ बालक गरी १२ तथा तेमालमा ७ महिला, २ पुरुष र १ बालक गरी १० जनाले ज्यान गुमाएका छन् । 

बेथानचोक गाउँपालिकाले बाढीपहिरो पीडितका लागि आर्थिक सहयोगका लागि अपील गरेको छ । उक्त अपील पत्रमा १२ जनाको मृत्यु भएको, गाउँपालिकाका ६ वटै वडाका ९७० घरहरू पूर्ण र आशिंक क्षतिग्रस्त भएका, १ हजार चौपाया र झण्डै साढे ८ हजार कुखुरा मरेका उल्लेख छ । 

बाढीपहिरोले बेथानचोक गाउँपालिका भित्रका मुख्य तथा वैकल्पिक सम्पूर्ण सडकहरू पूर्ण रुपमा क्षतिग्रस्त भएका, विद्युतिकरणका क्षेत्रमा ३ सय पोलहरूमा क्षति पुगेको अध्यक्ष भगवान अधिकारीद्वारा जारी अपिलमा उल्लेख छ । 

‘खानेपानीका ट्याङ्की र पाइपलाइनहरू क्षतविक्षत भएका छन् । गाउँपालिकाको प्रशासनिक भवनमा क्षति पुगेको र सम्पूर्ण कागजात लगायत अन्य सामानहरू नष्ट भएको, कृषि भवन, पार्वती क्याम्पस, अधिकांश विद्यालय भवन, स्वास्थ्य चौकी तथा इकाईहरूमा क्षति पुगेको छ,’ अपिलमा भनिएको छ ।  

यस्तै रोशी गाउँपालिका, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा ७–७ तथा बनेपा नगरपालिका र भुम्लु गाउँपालिका ३–३ जनाको मृत्यु भएको छ । रोशमा ५ महिला, १ बालक र १ बालिका, मण्डनदेउपुरमा ३ महिला, २ पुरुष, १ बालक र १ बालिका गरी ७ तथा नमोबुद्धमा ३ महिला, २ पुरुष, १ बालक र १ बालिका गरी ७ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तर, रोशी गाउँपालिकाले भने बाढीपहिरोले १२ जनाको निधन भएको जनाएको छ ।

आर्थिक सहयोगका लागि गाउँपालिकाले जारी गरेको अपिलमा भनिएको छ, ‘अधिकांश घरहरू पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएको, सम्पूर्ण सडकहरू बाढीले बगाएको तथा पहिरोले पुरिएको, अधिकांश खेतबारीमा लगाइएको खेतीबाली पूर्ण रुपमा नष्ट भएको लगायतका क्षतिले गर्दा गाउँपालिका क्षेत्रभित्र खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत तथा स्वास्थ्यजन्य समस्याबाट जनजिवन अत्यन्तै कष्टकर भइरहेको छ ।’

यस्तै बनेपा नगरपालिकामा १ पुरुष १ बालक र १ बालिका गरी ३ तथा भुम्लु गाउँपालिकामा १ बहिला, १ पुरुष र १ बालिका गरी ३ जनाको ज्यान गएको छ । 

धुलिखेल नगरपालिकामा १ पुरुष र १ बालक गरी २ तथा चौरी–देउराली गाउँपालिकामा १ पुरुषको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : ३६ बजे

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक

काठमाडौं– बलिउडका  ‘टाइगर’ सलमान खानले आफ्नो ६०औँ जन्मदिनमा फ्यानहरूलाई बहुप्रतीक्षित

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहौल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी

सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

नारायणगढ–  चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन