राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन « Khabarhub

राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

 जलेश्वर– यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ ।

मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए। पानीले माताको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए।

पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए। उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ ।

पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडा दसैँको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको गुनासो गरे । 

राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : ५७ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड