सांकेतिक तस्बिर

देश/प्रदेश

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

By खबरहब

October 03, 2024

ताप्लेजुङ– आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-१ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।