मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ « Khabarhub

मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ ।

फरार प्रतिवादीका रुपमा रहेका सुर्खेत गुर्भाकोट नगरपालिका-५ निवासी २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा साथी बनेर कुराकानीका क्रममा म्यासेञ्जरमार्फत साटासाट गरिएका गोप्य तस्बिर अरुलाई दिएको आरोप उनीमाथि छ ।

ती युवकले सामाजिक सञ्जालमा फेक आइडी बनाएर आफन्त तथा साथीलाई ती गोप्य तस्बिर पठाई चरित्रहत्या गरेको आरोपसहितको उजुरीले पीडितले दिएकी थिइन् ।

उनको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्किने क्रममा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको छ । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साइबर ब्यूरोमा उजुरी परेको थियो ।

त्यहीकारण उनलाई फरार सूचीमा राखेर इन्टरपोलद्वारा रेड नोटिस पनि जारी गरिएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार