ठूलो परिमाणमा ट्रामाडोल बरामद, दुईजना पक्राउ « Khabarhub

ठूलो परिमाणमा ट्रामाडोल बरामद, दुईजना पक्राउ


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानस्थित इलाका प्रहरी कार्यालयबाट खटेका प्रहरी टोलीले धरान–९८ तीनकुने प्रवेशद्धारको सिरिजंगा चौकमा इटहरीबाट आँउदै गरेको यात्रुवाहक बस चेकजाँच गर्दा  ठुलो परिमाणमा ट्रामाडोल औषधीसहित दुईजना पक्राउ गरेको छ ।

प्रहरीद्वारा बरामद औषधी ट्रमाडोलको कुल परिमाण ४ हजार ७ सय ५० क्याप्सुल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले उक्त औषधीसहित धरान–५ देउराली बस्ने २२ वर्षीय युवराज लिम्बु र १८ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएको छ ।

 ट्रामाडोल औषधी प्रतिबन्धित लागूऔषधको वर्गमा पर्दैन । अति गम्भीर दुखाईको पीडा सहन नसक्नेलाई मात्र चिकित्सकले यो औषधी पेस्क्राइव गर्ने गर्छ । तर लागूऔषध ओसार पसार गर्ने गिरोह र प्रयोगकर्ताहरूले ट्रामाडोल औषधी मिलाएर खाने गरेका छन् ।  

झापाको काँकडभिट्टाबाट इटहरी हुँदै धरान आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१९५ नम्बरको बसको सिट मुनी लुकाएर ल्याएको अवस्थामा ट्रामाडोल औषधी बरामद गरिएको प्रहरीले जनाएको छ  । 

यसैगरी प्रहरीले बर्जु गाउँपालिका–५ बाट २५ किलोग्राम गाँजा सहित देवानगन्ज गाउँपालिका–१ बस्ने १८ वर्षीय ललन मेहतालाई पक्राउ गरेको छ  । बिहिबार नै प्रहरीले दुहबी नगरपालिका–७ बाट १७ किलोग्राम गाँजा सहित को २८प ५८३५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ५ : २१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको