बंगलादेशसँग विद्युत् व्यापार सम्झौता, १० वर्षमा ५ हजार मेगावाट लैजाने लक्ष्य « Khabarhub

बंगलादेशसँग विद्युत् व्यापार सम्झौता, १० वर्षमा ५ हजार मेगावाट लैजाने लक्ष्य


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता भएको छ।

यससँगै नेपालले अब भारतपछि पहिलो पटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पक्का भएको छ। दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको हो ।

यसअघि नै हुने भनिएको यो सम्झौता बङ्गलादेशको राजनीतिक परिवर्तनका कारण रोकिएको थियो ।

यो सम्झौताका लागि बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन काठमाडौँ मा रहेकी छन् ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको हो ।

सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सह-अध्यक्षता रहेको छ ।

सम्झौताअनुसार नेपालले पाँच वर्षसम्म वर्षायामका ६ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने छ ।

जसको मूल्य प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) रहेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । घिसिङले यो सम्झौतापछि नेपालले वार्षिक करिब ९.२ मिलियन डलर आम्दानी गर्ने बताएका छन् ।

१० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य लिएको नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने प्राधिकरणले जनाएको छ ।

हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय सम्झौता नेपालको विद्युत व्यापारको कोशेढुङ्गा भएको बताए ।

हरेक वर्षको १५ जुन देखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् ढल्केबरबाट मुजफ्फरपुर ट्रान्समिसन लाइनमार्फत बंगलादेशमा निर्यात गरिने उनले बताए ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिपक्षीय सम्झौताले विद्युत कनेक्टीभिटीमा नयाँ आयाम थपिएको बताए ।

दुई देशबीचको सम्बन्ध निकै प्रगाढ रहेको भन्दै नेपालको विद्युत् विकासमा भारतले आवश्यक सहयोग गर्ने उनले बताए । उनले नेपालमा बाढी–पहिरोका कारण भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहानुभूति पत्र पठाएको जानकारी दिए ।

ढल्केबरबाट मुजफ्फरपुर हुदै बंगलादेशको भेरमारामा विद्युत् पुग्ने प्राधिकरणले जनाएको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।

यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बङ्गलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्नेबारे पनि सहमति खोजिने भएको छ।

यो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्न संयुक्त उपक्रम सम्झौता आगामी बैठकअघि नै टुङ्गो लगाउने सहमति भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ६ : १७ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि