समाचार

महानगर नछिरेपछि अनेरास्ववियुले उठायो सुकुम्बासी बस्तीको फोहोर

By खबरहब

October 03, 2024

काठमाडौं- अस्तिको अविरल वर्षाको कारण क्षतिग्रस्त काठमाडौं महानगर ११ नम्बर वडास्थित त्रिपुरेश्वर सुकुम्बासी बस्तीको फोहोर नेकपा एमालेनिकट अनेरास्ववियुले उठाएको छ ।

सुकुम्बासी क्षेत्रमा राहत तथा उद्धारमा काठमाडौं महानगरले चासो नदिएपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले सुकुम्बासी बस्तीको फोहोर उठाएको हो ।

अनेरास्ववियुले उक्त फोहोर टेकुस्थित डम्पिङ साइडमा लगेर व्यवस्थापन गरिरहेको छ ।

महामारी फैलिने त्रास भएपछि सुकुम्बासी बस्तीका बासिन्दाले महानगर गुहारेका थिए । तर सुकुम्बासी बस्तीमा महानगर छिर्न नमानेपछि एमालेनिकट अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले उक्त फोहोर व्यवस्थापन गरेको हो ।