मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई « Khabarhub

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर – मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

गुठीद्वारा आज ललितपुरको रातो बङ्गला स्कुलमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरे। गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा डा यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही रु चार लाख रहेको छ ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा डा यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए ।

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गर्नुभएका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसकेका छन् ।

पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदानमार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताए। “मैले मुकाम रणमैदानः नेपाल–अङ्ग्रेज युद्धको बखानमार्फत त्यही युद्धका २६ पर्व सुनाएको छु । नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डो¥याइरहेको दुई सय १० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीहरुले त्यतिबेलै भनेका सत्य कथाको पुनःकथन गरेको छु”, उनले भने ।

जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा डा यादवले नेपालका भाषाहरुको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गरे । “विभिन्न सङ्कटग्रस्त भाषाहरुको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षालगायत सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ । तर तिनको संरक्षण र सम्वर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ”, उनले भने ।

गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई अन्तिम छनोट गरिएको अध्यक्ष दीक्षितले जानकारी दिए ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो ।

गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँकै सम्झनामा जगदम्बा–श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित भएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ८ : २६ बजे

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण