अनमीव हेल्थले मनायो पाँचौं वार्षिकोत्सव « Khabarhub

अनमीव हेल्थले मनायो पाँचौं वार्षिकोत्सव


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमीव हेल्थ पाँचौं वर्षमा प्रवेश गरेको छ । ५ वर्ष पुगेको अवसरमा हस्पिटलले वार्षिकोत्सव मनाएको छ । काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । हस्पिटलले पहिलो शल्यक्रिया गरेको समेत २ वर्ष पूरा भएको हेल्थका प्रोपाइटर डा. चक्रराज पाण्डेले जानकारी दिए ।

कार्यक्रममा पाण्डेले कर्मचारी र सहकर्मीलाई धन्यवाद समेत दिएका थिए । उनले भने, ‘एउटा सानो ठाउबाट आज यो स्थान सम्म आउदा धेरै खुशी लागेको छ । यसैगरी साथ सहयोग पाएमा हामी अझै सेवा दिन सक्ने छौँ ।’

वाषिर्कोत्सव समारोहमा पाण्डेले हस्पिटल बनाउन गरेको दुख पनि स्मरण गरेका थिए । उनले आफुले हस्पिटल बनाउन गरेको एक एक कुरा फोटो प्रोजेक्टमार्फत प्रस्तुत गरेका थिए ।

अनमीवले देश र जनताको लागि काम गर्ने डा पाण्डेले प्रतिबद्धता गरे । निजि अस्पताल सबै जनताको हस्पिटल हुने बताउँदै पाण्डेले विरामीको सेवामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

सिनियर डा राजिब बरालले अनमिवी अस्पताल अन्तरास्ट्रिय स्तरको भएको बताए । आफ्नो अस्पतालमा भएको उपकरण अन्तर्राष्ट्रिय स्थरको भएको र विदेशीले पनि उपचार गराउन आउने उनले जानकारी दिए ।

यस्तै डा अशोक भट्टराई फिजियो थेरापिमा ५० भन्दाबढी बिरामीको उपचार गराउने गरेको बताए । बिरामीको सफल उपचार नै एउटा डाक्टर र पूरा अस्पतालको नै सफलता हुने उनले उल्लेख गरे ।

यता नर्स सुलोचना थापाले कविता मार्फत नर्स भएर हस्पिटलमा काम गर्दाको अनुभव सुनाएकी थिइन् । नर्सको रुपमा विरामीको सेवा गर्न पाउँदा खुसी रहेको उनले सुनाइन् ।

वार्षिकोत्सवको अवसरमा हेल्थले हन्डी फोर, म्युजिकल च्यर जस्ता कार्यक्रम गरेर कर्मचारी आत्मियता बढाएको हस्पिटलले जानकारी दिएको छ । अनमिवी अस्पताल र क्लीनक लाजिम्पाटमा रहेकोे छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ८ : ५३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका