अनमीव हेल्थले मनायो पाँचौं वार्षिकोत्सव « Khabarhub

अनमीव हेल्थले मनायो पाँचौं वार्षिकोत्सव


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमीव हेल्थ पाँचौं वर्षमा प्रवेश गरेको छ । ५ वर्ष पुगेको अवसरमा हस्पिटलले वार्षिकोत्सव मनाएको छ । काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । हस्पिटलले पहिलो शल्यक्रिया गरेको समेत २ वर्ष पूरा भएको हेल्थका प्रोपाइटर डा. चक्रराज पाण्डेले जानकारी दिए ।

कार्यक्रममा पाण्डेले कर्मचारी र सहकर्मीलाई धन्यवाद समेत दिएका थिए । उनले भने, ‘एउटा सानो ठाउबाट आज यो स्थान सम्म आउदा धेरै खुशी लागेको छ । यसैगरी साथ सहयोग पाएमा हामी अझै सेवा दिन सक्ने छौँ ।’

वाषिर्कोत्सव समारोहमा पाण्डेले हस्पिटल बनाउन गरेको दुख पनि स्मरण गरेका थिए । उनले आफुले हस्पिटल बनाउन गरेको एक एक कुरा फोटो प्रोजेक्टमार्फत प्रस्तुत गरेका थिए ।

अनमीवले देश र जनताको लागि काम गर्ने डा पाण्डेले प्रतिबद्धता गरे । निजि अस्पताल सबै जनताको हस्पिटल हुने बताउँदै पाण्डेले विरामीको सेवामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

सिनियर डा राजिब बरालले अनमिवी अस्पताल अन्तरास्ट्रिय स्तरको भएको बताए । आफ्नो अस्पतालमा भएको उपकरण अन्तर्राष्ट्रिय स्थरको भएको र विदेशीले पनि उपचार गराउन आउने उनले जानकारी दिए ।

यस्तै डा अशोक भट्टराई फिजियो थेरापिमा ५० भन्दाबढी बिरामीको उपचार गराउने गरेको बताए । बिरामीको सफल उपचार नै एउटा डाक्टर र पूरा अस्पतालको नै सफलता हुने उनले उल्लेख गरे ।

यता नर्स सुलोचना थापाले कविता मार्फत नर्स भएर हस्पिटलमा काम गर्दाको अनुभव सुनाएकी थिइन् । नर्सको रुपमा विरामीको सेवा गर्न पाउँदा खुसी रहेको उनले सुनाइन् ।

वार्षिकोत्सवको अवसरमा हेल्थले हन्डी फोर, म्युजिकल च्यर जस्ता कार्यक्रम गरेर कर्मचारी आत्मियता बढाएको हस्पिटलले जानकारी दिएको छ । अनमिवी अस्पताल र क्लीनक लाजिम्पाटमा रहेकोे छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ८ : ५३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।