हङकङमा सरकार विरोधी नारा लेखिएको टिसर्ट लगाउने युवालाई ७ वर्षको जेल सजाय | Khabarhub Khabarhub

हङकङमा सरकार विरोधी नारा लेखिएको टिसर्ट लगाउने युवालाई ७ वर्षको जेल सजाय


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार विरोधी नारा लेखिएको टिसर्ट लगाएको अभियोगमा हङकङमा एक जना २७ वर्षीय युवालाई ७ वर्षको जेल सजाय सुनाइएको छ । हङकङको एउटा अदालतले २७ वर्षीय चु काइ पोङलाई ७ वर्षको सजाय सुनाएको हो ।

हङकङमा सन् २०२० मा लागू गरिएको विवादास्पद राष्ट्रियसुरक्षा कानुनअनुसार उनलाई यस्तो सजाय सुनाइएको हो ।राष्ट्रिय सुरक्षा कानुनले हङकङको कानुनी स्वायत्तताको उल्लङ्घन गरेको भन्दै आलोचना हुँदै आएको छ ।

उनले विदेशी शक्तिसँग साँठगाँठ गरेको खुल्न आए उनको जेल सजाय १० वर्ष पुग्न सक्ने भ्वाइस अफ अमेरिकाले जनाएको छ। चुलाई गत जुन महिनामा पक्राउ गरिएको थियो ।

त्यस बेला उनले ‘स्वतन्त्र हङकङ, हाम्रो समयको क्रान्ति’ लेखेको टिसर्टलगाएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : ४६ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो