गुलशनको नाममा अनौठो कीर्तिमान, सोमपाललाई उछिन्दै बने सर्वाधिक रन दिने बलर | Khabarhub Khabarhub

गुलशनको नाममा अनौठो कीर्तिमान, सोमपाललाई उछिन्दै बने सर्वाधिक रन दिने बलर


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन् ।

अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध आजै भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन् ।

तीव्र गतिका नेपाली बलर गुलशनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर तीन विकेट लिएका थिए।

गुलशनभन्दा पहिले नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने बलरमा सोमपाल कामी थिए ।

उनले गत वर्ष एकदिवसीय एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए।

क्रिकेटको एकदिवसीय खेलमा अहिलेसम्म एकै खेलमा सबैभन्दा धेरै रन दिने बलरमा नेदरल्यान्ड्सका बास डि लिडे छन् ।

लिडेले सन् २०२३ को विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध १० ओभरमा २ विकेट लिँदै ११५ रन दिएका थिए।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका