उपप्रधानमन्त्री सिंह इजिप्टतिर, जलवायु परिवर्तनको असरबारे कुरा उठाउने « Khabarhub

उपप्रधानमन्त्री सिंह इजिप्टतिर, जलवायु परिवर्तनको असरबारे कुरा उठाउने


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।

वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् ।

अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्ने छन् ।

त्यस क्रममा उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनबाट भोगिरहेको समस्या र बस्ती विकासमा नेपालको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने उनको सह्चिवालयले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले यसबाट थप असर नगर्ने गरि कसरी शहरीकरण र बस्ती विकास गर्न सकिनेबारे उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउने भएका छन् ।

त्यस्तै शहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र शहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने भएको छ ।

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन् । सिंह कार्यक्रममा सहभागी भएर शनिबार स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ५५ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९