कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्नै समस्या | Khabarhub Khabarhub

कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्नै समस्या


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कुनौली (सप्तरी)- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा नियमित काममै समस्या भएको छ ।

उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी १० जनाको दरबन्दी छ । तर हाल पाँचजना मात्र कार्यरत छन् ।

कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार हाल कार्यालयमा अहिले एकजना भन्सार अधिकृत, एक लेखापाल र एक कम्प्युटर अपरेटर तथा तीन कार्यालय सहायक कार्यरत छन् ।

थोरै जनशक्ति हुँदा कार्य सम्पादन र राजश्व सङ्कलनमा कठिनाइ भएको उनले बताएका छन् ।

राजविराज भन्सार मातहत सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा रहेका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख सिंहले बताए ।

‘मुख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या भएको छ’, उनले भने, ‘यसबारे माथिल्लो निकायमा पाँच पटक पत्राचार गरे पनि सुनवाइ भएको छैन ।’

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : ४६ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले