पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द « Khabarhub

पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन् ।

एक करोड ४० लाख जनसङ्ख्या भएको यो सहर डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकिएको छ ।

प्रदूषकको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्क, शनिबार एक हजार भन्दा बढी अर्थात् ‘खतरनाक’ मानिएको ३०० को स्तर भन्दा धेरै माथि पुगेको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ । पञ्जाब सरकारले पनि आइतबार वायु गुणस्तर सूचकाङ्क शनिबार एक हजार भन्दा बढी पुगेको जनाएको छ ।

“आगामी ६ दिनको मौसम पूर्वानुमानले हावाको ढाँचा उस्तै रहने देखाएको छ। त्यसैले हामी लाहोरका सबै सरकारी र निजी प्राथमिक विद्यालय एक हप्ताका लागि बन्द गर्दैछौं,” लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीलाई बताए र

स्थानीय सरकारको निर्णयमा सोमबारदेखि शनिबारसम्म एक हप्ताका लागि बन्द रहने छन् । निर्णयअनुसार १० वर्षको उमेरसम्मका बच्चाहरूको लागि ‘सबै कक्षाहरू’ सार्वजनिक, निजी र विशेष शिक्षा चल्ने छैनन् ।

निर्णयमा विद्यालय बन्द गर्ने वा बन्द नबढाउने भन्ने विषयमा आगामी शनिबार पुनः अवस्थाको समीक्षा गरिने उल्लेख छ । पञ्जाबका वरिष्ठ मन्त्री मरियम औरङगजेबले आइतबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले माथिल्ला कक्षाका बालबालिकाको स्वास्थ्यमा पनि नजर राखेका छौं। यो धुवाँ बालबालिकाका लागि निकै हानिकारक हुन्छ । विद्यालयमा मास्क अनिवार्य गर्नुपर्छ।”

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : ४० बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ