एनपीएल : आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै « Khabarhub

एनपीएल : आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन्। मंगलबार बिहानको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९:१५ बजे सुरु हुनेछ भने चितवन र पोखराको दोस्रो खेल दिउँसो १:१५ बजे प्रारम्भ हुन्छ। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा हुनेछन्।

पोखरा र सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेका हुन्। विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ। उद्घाटन खेल खेलेको विराटनगर जितबिहीन छ। विरानगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो।

यता पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ। चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ७ : ०४ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको