ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने « Khabarhub

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनि सदस्य राष्ट्रहरूबीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानून पारित गरेको छ ।

उक्त नयाँ कानूनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ईयुको तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।

नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ । कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा बिश्लेश्ण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।

कानून निजी क्षेत्रबाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ईयु सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ । यसबाहेक, आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्यांकन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ ।

कानून आगामी हप्तामा ईयुको आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ३४ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु