नौ तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीको चीन भ्रमण « Khabarhub

नौ तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीको चीन भ्रमण


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा छन् । गत असार ३० गते चौथो पटक प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश यात्रामा निस्किएका ओलीले राजनीतिक भेटघाट तीव्र पारेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली दिएका छन् ।

त्यसअघि नेपाल र चीनबीच विभिन्ने ९ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्ले मंगलबार बेइजिङमा स्वागत गरे । त्यसक्रममा नेपाल र चीनबीच विभिन्न ९ बुँदे सहमति पत्रमा हस्ताक्षर भयो ।

चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा स्वागत गरेपछि दुई नेताको उपस्थितिमा केही सहमतिमा हस्ताक्षर भएको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ।

दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ताका क्रममा समझदारी भएको हो । ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ०३ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती