चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् ।

बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा भएको कुराकानीबारेमा प्रधानमन्त्रीको सचिवालयले केही खुलाइसकेको छैन ।

गत असार ३० मा प्रधानमन्त्री भएका ओलीले आफ्नो पहिलो औ‍पचारिक भ्रमण उत्तरी छिमेकबाट थालेका हुन्।

राष्ट्रपति सीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ्‍सँग संवाद गरेका थिए ।

त्यसपछि दुई देशबीचमा विभिन्न नौ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर ती सहमतिमा खासै महत्त्वका छैनन् । दुई समकक्षीबीचको सम्झौतामा बेल्ट एन्ड रोड परियोजनालाई ठोस रुपमा सम्बोधन गरिएको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : २० बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या