विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछ : पर्यटनमन्त्री पाण्डे « Khabarhub

विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछ : पर्यटनमन्त्री पाण्डे


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाटन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल हुने धारणा व्यक्त गरेका छन् ।

सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा आयोजना गरेको चौथो ललाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उनले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए।

‘हामीले विभिन्न देशका कला चिन्नेछौं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छौं’, मन्त्री पाण्डेले भने ।

विद्यालयको कक्षाकोठामा सिकिरहेका उनले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराए।

‘विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, बाहिरी संसारबारे जानकारी लिन यसले सहयोग पुग्नेमा विश्वास छ’, उनले भने ।

मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्नेमा जोड दिए।

रबिन्द्रनाथ टैगोर, बालकृष्ण सम, विपी कोइरालालगायतले सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भोगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढेको उनको भनाइ थियो । उनले नाट्य क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले आफूलाई परिस्कृत गर्दै अगाडि बढाउनुपर्ने समेत बताए।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बोलाएर कार्यक्रम गरेर नेपालको महत्त्व र गरिमालाई उच्च बनाएको उल्लेख गरे । उनले नेपालको कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यसकिसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, जर्मनी, स्टोनिया, डेनमार्क र अष्ट्रेलियाका नाट्यकर्मीले चार दिनमा १९ वटा नाटकका २४ वटा कार्यक्रमहरु प्रस्तुत गर्ने ब्राइटफ्युचर उच्चमाध्यामिक विद्यालयका शिक्षक रामरमण हुमागाईले जानकारी दिए।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : ०६ बजे

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन