उपनिर्वाचनमा माओवादीको जनमत बढ्यो, कांग्रेस-एमालेसँग मिल्नु जरुरी छैन : वर्षमान पुन | Khabarhub Khabarhub

उपनिर्वाचनमा माओवादीको जनमत बढ्यो, कांग्रेस-एमालेसँग मिल्नु जरुरी छैन : वर्षमान पुन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मंसिर १६ मा सम्पन्न उपनिार्वचन परिणामले आफूहरूको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् ।

रोल्पास्थित गंगादेव गाउँपालिकास्थित पार्टी कमिटीको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पूर्वअर्थमन्त्री पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरूलाई अनुमोदन गरेको बताए ।

कांग्रेस र एमालेलेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो ।

‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौँ ।’

विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले माओवादीको मत लिएर आफूहरूलाई नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए ।

उनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरूको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेक धेरै स्थानमा आफ्नो दल दोश्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।

निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने कांग्रेस–एमाले महत्कांक्षामा धक्का लागेको उनले बताए ।

‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरुले सक्नुहुन्न’, पुनले भने ।

पुनले जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरूलाई विश्वास गरेको भन्दै उनले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आकर्षित भएको उनको भनाइ थियो ।

पुनले आफूहरुको ध्यान सरकारमा नभएको भन्दै ०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस–एमालेलाई आग्रह गरे । ती दलका नेताले आफ्नो महत्व बढाउन माओवादी सरकार ढाल्ने खेलमा लागेको भन्दै टिप्पणी गरेको भन्दै उनले सरकारबाहिरै बसेर जनताको सेवा गर्ने उल्लेख गरे ।

आफूहरु सरकार ढाल्ने खेलन नलागेको बताउँदै पुनले विगतका चार महिनामा जसरी नै भ्रष्टाचारी, बिचौलिया र दलालहरूको सेवा गरिरहे यो सरकारलाई जनताले सडकबाटै ढाल्ने दाबी गरे ।

‘तपाईंहरूको विचार, व्यवहार, शैली र प्रवृत्ति मिल्छ । तपाईंहरु मिलेरै सरकार चलाइराख्नुस्’ पुनले भने, ‘हामीलाई सरकार चाहिएको छैन । अहिले जसरी नै भ्रष्टाचारी, बिचौलिया, दलालहरुको सेवा गरिराख्नुभयो भने तपाईंहरुलाई कुनै दिन जनताले सडकबाट गलहत्याउँछन् ।’

फरक प्रसंगमा पुनले ०५१ को मध्यावधि निर्वाचनमा एकपटक प्रतिनिधिसभा सदस्य ०७४ मा माओवादी समर्थनमा प्रदेशसभामाबाहेक कहिल्नै चुनाव नजितेका एमाले महासचिव शंकर पोखरेलले आजीवन चुनाव नहारेका प्रचण्डलाई हरुवा भनेकामा आपत्ति जनाए ।

‘०५१ मा एकपटक र ०७४ मा हामीसँग मिलेर प्रदेशसभामा जितेबाहेक जीवनमा कुनै पनि चुनाव नजितेका व्यक्तिले ०६४ देखिका हरेक चुनावमा जित्दै आउनुभएका हाम्रा अध्यक्षलाई हरुवा भन्न लाज लागेन ? आफ्नो हैसियत हेरेर बोल्ने गर्नुस्’, पुनले भने ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ५४ बजे

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

बनियानी – झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा

लुम्बिनीले गुमायो दुवै ओपनर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्स विरुद्धको खेलमा लुम्बिनीले

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ – स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच

योजना आयोगको दुरुपयोग : बैठक राख्दै, बहुवर्षीय ठेक्का सहमति दिँदै

काठमाडौं – सरकारले गत वर्षदेखि नै सरकारी आयोजनामा काम गरेका