सम्पदा सल्लाहकार कायस्थले छाडे मेयर बालेन्द्रको साथ | Khabarhub Khabarhub

सम्पदा सल्लाहकार कायस्थले छाडे मेयर बालेन्द्रको साथ

भन्छन्- सयम बित्दै गएपछि सबै थाहा पाउनु हुन्छ


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका एकजना सल्लाहकारले साथ छाडेका छन् ।

महानगरका प्रमुखस्तरीय निर्णयबाट २०८० जेठ ३१ गते अवैतनिक सम्पदा सल्लहाकारमा नियुक्त यादवलाल कायस्थले पद त्यागेको घोषणा मंगलबार गरेका हुन् ।

नेवा संस्कृतिक संरक्षणको अभियन्ताका रुपमा परिचित उनले मेयर साहको कार्यशैलीमा चित्त नबुझेर पद त्याग गरेको बताएका छन् । हिटी म्यान (ढुङ्गेधारा संरक्षण र पुन:स्थापनामा सक्रिय) उनले आफू कसैको पनि एकोहोरो समर्थक नरहेको बताएका छन् ।

परम्परागत गुठी व्यवस्था संकटमा परेका बेला चलेको आन्दोलनको नेतृत्व पनि उनैले गरेका थिए । कायस्थ चोरी भएका मूर्ति फिर्ता ल्याउने र पुन:स्थापना अभियानमा क्रियाशील छन् ।

‘म कुनै पनि संघ, संस्था, निकाय र राजनीतिक दलको विरोधी हुन सक्दिनँ । तर म कसैको ‘अ…’ समर्थक पनि होइन’, उनले भनेका छन्, ‘मैले काठमाडौं महानगरपालिकाको प्रमुखको सम्पदा सल्लाहकारको पद छोडेको छु । कसैले पनि किन छोडेको किन छोडेको नसोध्नु होला । समय बित्दै गएपछि सबैले अवश्य जवाफ पाउनु हुनेछ ।’

उनले बालेनको सल्लाहकार पद छाडे पनि कसैको विरोध नगर्ने बताएका छन् । ‘पदमा हुँदा कामसँगै विरोध पनि गरेँ । सुधार्ने र सच्याउने भनेको आफ्नै ले हो भनेर विरोध गर्ने गरेको छु’, उनले भनेका छन्, ‘तर अब म अलग भइसकेको छु । मैले काठमाडौं महानगरपालिका प्रमुखको नाम कतै लिँदै लिन्नँ । मलाई कसैले यो विषयमा सोध्न नआउनु होला ।’

उनले बालेनको सल्लाहकार पद छाडे पनि सम्पदा संरक्षणको विषयमा भने जस्तो अवस्थामा पनि खटिरहने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ७ : ४४ बजे

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय