उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख रुपैयाँ सहयोग « Khabarhub

उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख रुपैयाँ सहयोग


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामा कोषलाई धन्यवाद दिए ।

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्‍याउनसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको कोषले जनाएको छ ।

उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए पनि विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : १७ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी