सर्लाहीका उखु किसानले पाए अनुदानवापतको रकम « Khabarhub

सर्लाहीका उखु किसानले पाए अनुदानवापतको रकम


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानवापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानवापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिएका छन् । 

जिल्लाका उखु उत्पादक किसानले पटक-पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ । 

उनी अनुसार गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित रु छ सय १० निर्धारण गरिएको थियो । जसमा रु पाँच सय ४० चिनी मिल र रु ७० सरकार उपलब्ध गराउने निर्णय भएको थियो । 

जिल्लाका उखु उत्पादक किसानका लागि वितरण गर्न बाँकी २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये सरकारले दशैँअघि ११ करोड २६ हजार छ सय ३८ निकासा गरेको थियो । बाँकी अनुदान रकम सरकारले पठाएपछि उखु उत्पादक किसानको बक्यौता रहेको प्रतिक्विन्टल रु ४९ का दरले किसानको खातामा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिए । उनले किसानलाई अनुदान रकम खातामा आएको वा नआएको बुझ्न आग्रह समेत गरिएको बताए । 

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ निर्धारण गरेको छ । चिनी उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले ७० गरी प्रतिक्विन्टल रु छ सय ३५ उखु उत्पादक किसानलाई उपलब्ध गराउने निर्णय हो । यस वर्ष मधेस प्रदेश सरकारले प्रतिक्विन्टल १० अनुदान दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १ : १३ बजे

रास्वपा र काठमाडौंका मेयर बालेनबीच सात बुँदे राजनीतिक सहमति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय