जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ   « Khabarhub

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई काठमाडौँको टोखा बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राई रहेका छन् ।

राईले भक्त बहादुर राई समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ र जापान पुगेपछि प्रतिष्ठित होटलमा कुककाे काम लगाइदिन्छु जहाँ मासिक दुई लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी छ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : ०४ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि