हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : मन्त्री गुरुङ


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाटन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज  ललितपुरमा आयोजित सातौ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी–व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका छन्  ।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरूबीच आपसी समन्वय, सहकार्य र एकता कायम गर्नु अपरिहार्य भएको बताए। उनले सबै व्यवसायमा कानुनी अड्चन र करका समस्या समाधानमा राज्यले सघाउनुपर्नेमा जोड दिए । 

 महासङ्घका वरिष्ठ उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले क्याटरिङ व्यवसायलाई सेवामूलक व्यवसायका रूपमा अगाडि बनाउन कानुनीतहबाटै सहयोग हुनुपर्ने बताए।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष हिमकिशोर  राईले सामाजिक सुधार ऐन, २०३३ अव्यावहारिक भएको र त्यसलाई खारेज गर्न माग गरे।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : १४ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र