अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण « Khabarhub

अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् ।

रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । केही समयअघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनामाथि हमला भएसँगै सो क्षेत्रमा तनाव बढ्दै गएको छ । यसअघि शुक्रबार अमेरिकाले सिरिया र इराकमा इरान समर्थित लडाकुलाई लक्षित गरी हमला गरेको थियो ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले पछिल्लो पटक हुथी विद्रोहीका हतियार भण्डारण, क्षेप्यास्त्र प्रक्षेपण तथा अन्य सैन्य क्षमतालाई लक्षित गरी हमला गरिएको जनाएको छ ।

पछिल्लो आक्रमणबाट हुथी विद्रोहीले अन्तर्राष्ट्रिय व्यवसायिक एवम् नौसैनिक जहाज पारवहनलाई लक्षित गरी गैरकानुनी हमला नरोके त्यसको परिणाम भोग्नुपर्ने सन्देश दिएको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जनाएका छन् ।

यता हुथी विद्रोहीका प्रवक्ता याहया सारेयाले अमेरिकी आक्रमणको जवाफ दिने चेतावनी दिएका छन् ।

यो पनि…

लाल सागरमा जहाजमाथि हुथी आक्रमण : विश्व व्यापारमै जोखिम

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ३७ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)