अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण « Khabarhub

अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् ।

रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । केही समयअघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनामाथि हमला भएसँगै सो क्षेत्रमा तनाव बढ्दै गएको छ । यसअघि शुक्रबार अमेरिकाले सिरिया र इराकमा इरान समर्थित लडाकुलाई लक्षित गरी हमला गरेको थियो ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले पछिल्लो पटक हुथी विद्रोहीका हतियार भण्डारण, क्षेप्यास्त्र प्रक्षेपण तथा अन्य सैन्य क्षमतालाई लक्षित गरी हमला गरिएको जनाएको छ ।

पछिल्लो आक्रमणबाट हुथी विद्रोहीले अन्तर्राष्ट्रिय व्यवसायिक एवम् नौसैनिक जहाज पारवहनलाई लक्षित गरी गैरकानुनी हमला नरोके त्यसको परिणाम भोग्नुपर्ने सन्देश दिएको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जनाएका छन् ।

यता हुथी विद्रोहीका प्रवक्ता याहया सारेयाले अमेरिकी आक्रमणको जवाफ दिने चेतावनी दिएका छन् ।

यो पनि…

लाल सागरमा जहाजमाथि हुथी आक्रमण : विश्व व्यापारमै जोखिम

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ३७ बजे

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६