सांसदलाई एमालेको निर्देशन : संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्नू | Khabarhub Khabarhub

सांसदलाई एमालेको निर्देशन : संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्नू


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

दुई दिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएको हो ।

बैठकमा संसदीय दलका नेता केपी ओलीले प्राविधिक र वैचारिक स्पष्टताका साथ बैठकमा सहभागिता जनाउन निर्देशन दिए । उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस भन्न आवश्यक नरहेको तर्क गरे ।

तर, कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताए । ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए ।

संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ । सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगाएतका कार्यसूची रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले