काठमाडौंको सडकमा बेहोस भेटिएका युवाको निधन « Khabarhub

काठमाडौंको सडकमा बेहोस भेटिएका युवाको निधन


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ। काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा राति १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए ।

त्यसरी फेला पर्नेमा ३३ वर्षीय दिलीप कट्टेल रहेका छन् । उनको आज वीर अस्पतालमा मृत्यु भएको हो ।

उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन् ।

कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई  नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : २६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका