धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण | Khabarhub Khabarhub

धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

धरान – धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ ।

सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो । रान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन्।

उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे । किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।

धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान–२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ५५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास