धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण « Khabarhub

धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

धरान – धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ ।

सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो । रान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन्।

उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे । किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।

धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान–२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ५५ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण