कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा « Khabarhub

कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् ।

नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आएका उनले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए ।कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक संवादमार्फत बुझिरहेको बताए।

जनताको भावनाअनुसार कांग्रेसले काम गर्न अभियान सञ्चालन गरिएको थापाले बताए। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र क्षेत्रीय सभापति भरत लामिछानेले अभियानका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : २४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी